डडेल्धुराको अजयमेरु गाउँपालिका–२ को रोल्लीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ।
दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने गाउँपालिकाको नीति अनुरुप रोल्लीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी गराउनुभयो । उहाँले उक्त इकाईको स्थापना गर्दे हरेक नागरिकलाई स्वास्थ्य अधिकार स्थापीत गर्नु राज्यको दायित्य रहेको बताउनुभयो ।
स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन भन्ने उदेश्यले रोल्लीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको भट्टको भनाई थियो ।
गाउँपालिकाको नीति अनुरुप स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिरहेको उनको भनाइ छ ।
सामान्य बिरामी हुँदा पनि घण्टौं हिँड्नुपर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।
