धनगढी, २ माघ । धनगढीमा बुधवार राती मुख्य बजारमै युवाहरुको समूह बिच झडप भएको छ।गएराती साढे १० बजे धनगढी उप–महानगरपालिका वडा नम्वर १ अस्पताल लाईनमा युवाहरुको दुई समूहबिच झडप भएको हो।
युवाहरुको एक समूहले धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोडका समिर तियाली ९२३० माथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो। आक्रमणपछि गम्भीर घाइते तियालीलाई कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनले आक्रमणमा संलग्न दुई जनालाई राती नै पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने २२ बर्षीय चन्द्र भाट र २१ बर्षीय शुभम शाह रहेको प्रहरी नायब उपरीक्षक बस्नेते बताए ।
झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ। अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुडा गरेपछि अस्पतालमा पनि क्षती भएको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले घटनामा संग्लन थप २ जनाको खोजी भईरहेको बताए।
