Amargadhi Post

परशुराम मेला हेर्न आएका एक युबक मृत फेला

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,२ गते । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ संगमटोल स्थित बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन ।
मृत अवस्थामा फेला पर्नेमा भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ वर्षीय दिपक गिरी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएको र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेको बताईएको छ ।
मृतक व्यक्ति उच्च रक्तचापको औषधि सेवनकर्ता समेत रहेको परिवार स्रोतले जनाएको छ । मृतकको शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।