Amargadhi Post

डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गर्ने बुवा जेल चलान

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन,१२ गते । डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका बुवालाई कारागार चलान गरिएको छ ।
आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गरेको आरोपमा ती बुवालाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।