Amargadhi Post

यसरी सलामी खाए नेकपा अध्यक्ष पालले

अमरगढी रैबार सम्बाददाता
बैतडी,फागुन,१३ गते । पछिल्लो समय देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले विभिन्न समारोहमा पिर्कामा चढेर सलामी खाँदा आलोचना हुँदै आएको छ । यसरी जनस्तरबाट सामन्ती शैलीको विरोध हुँदै आएपनि यो सलामी खाने क्रम भने रोकिएको छैन् । यही सन्दर्भमा जनप्रतिनिधि नै नरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा बैतडी जिल्ला संयोजकले नै एक कार्यक्रममा पिर्कामा चढेर सलामी खाएका छन् ।

समानताको चर्को आवाज उठाउने कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नै यसरी पिर्कामा चढेर अरु नागरिक भन्दा पृथक र ठूलो देखिन राखेको चाहना जिल्लामा विरोध बढेको छ । अध्यक्ष पालले जिल्लाको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा सलामी खाएका हुन् ।

फागुन १२ गतेबाट शुरु प्रतियोगितामा पालिकाभित्रका ११ ओटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न खेलमा प्रतिस्पर्धामा गरिरहेका छन् । धुमधामका साथ सुरु भएको राष्ट्रपति रनिङ सिल्डको उद्घाटन सत्रमा अचानक आफ्ना पार्टी अध्यक्ष पिर्कामा चढेर सलामी खान थालेपछि पार्टी कार्यकर्ताहरुले मुखामुख गरेका थिए ।

प्रतियोगितामा विभिन्न विधाका खेलको प्रतिष्पर्धा हुनुअघि सहभागि हुन आएका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई कला प्रस्तुतीसँगै मार्च पास तथा सलामी दिन लगाइएको थियो । पालिका भरिका प्रतियोगितामा सहभागिता जनाएका विद्यालयका प्रतियोगी विद्यार्थीको सलामी खाने व्यक्ति अध्यक्ष पाल हुनपुगेपछि त्यहाँ उपस्थित नेता कार्यकर्ताले आलोचना गरेका छन् । राज्यद्वारा सञ्चालन भईरहेको प्रतियोगितामा राजकीय पदमा बहाल विशिष्ट व्यक्ती हरुले मात्रै सलामी खाने प्रचलन रहेता पनि पार्टीको जिल्ला अध्यक्षले यस्तो सम्मान खोज्नु अशोभनिय देखिएको नेकपाकै एक जिल्ला नेताले बताए । उनले भने, ‘श्रमजिवी र सर्र्वहारा जनताको पार्टी मानिने नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालले कार्पेट सलामी खाँदै विद्यार्थीको भिड अगाडि छाती फुलाउँदा शिर निहुरिएको अनुभूति भयो ।’

जनप्रतिनिधि नै नरहेका पालले यसरी सलामी खाएपछि कार्यकर्ताहरुले नेतृत्वमा देखिएको यस्तो सामन्ती संस्कारले पार्टीलाई बदनाम गराउने भन्दै आलोचना गरेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।