अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,१६ गते । गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विवादास्पद तरिकाले खेलाएको भन्दै गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लको पुत्ला दहन गरिएको छ । प्रतियोगितामा सहभागी सरस्वति मा।वि भत्काडाका विद्यार्थीहरुले निष्पक्ष रुपमा खेल नखेलाएको भन्दै रनिङशिल्ड प्रतियोगितामा आफुले पाएको पदकसमेत बहिस्कार गर्दै गाउँपालिका अध्यक्षको पुत्लादहनसहित नारा बाजी समेत गरेका छन् ।
गन्यापधुरा गा।पा। वडा नं। २ बडालमा संचालन भएको दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी विद्यालयहरुलाई समान व्यवहारमा खेल नखेलाएको विद्यार्थीहरुले गाउँपालिका अध्यक्षको पुत्लादहन गरेको सरस्वति माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष देउवाले बताए ।
खेल खेलाउनका लागि प्राविधिक टिमको व्यवस्था समेत नगरि खेल भईरहेका सम्बन्धीत विद्यालयका शिक्षकहरुलाई नै खेल संचालनमा प्रयोग गरेकोले खेल निष्पक्ष हुन नसकेको समेत उनले बताए ।
