Amargadhi Post

डडेल्धुरा महोत्सब सम्पन्न

प्रतिकुल मौसमका बिच पनि महोत्सब संचालन

अमरगढी रैबार सम्बाददाता
डडेलधुरा,फागुन,१९ गते । डडेल्धुरामा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव सोमबार सम्पन्न भएको छ । ‘सुखी नेपाली समृद्ध नेपाल, कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्समा ५० हजार दर्शकले अवलोकन गरेका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र डडेल्धुरा जिल्लामा रहेका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवंम् पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो । फागुन ८ गतेदेखि सुरु भएको महोत्सवमा केही समय मौसममा आएको परिवर्तनले असर गरेपनि समग्रमा महोत्सव सफल रहेको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिएका छन् ।
महोत्सवको समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुरका प्रमुख गणेश भट्टले महोत्सवले यस क्षेत्रको व्यवसायिक गतिविधीमा सकारात्मक संकेत गर्ने बताए । सोही कार्यक्रममा अमरगढी नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले स्थानिय उत्पादनहरुको प्रचार प्रसारका साथै स्थानीय संस्कृति, भेषभुसा र खानपानको प्रवद्र्धन भएको बताएका छन् । विद्यालयका विद्यार्थी देखी वृद्ध अवस्थाका व्यक्तिहरुलाई समेत महोत्सवले ज्ञान प्रदान गरेको उनले बताए ।
महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती गरेका थिए । मौसमी प्रतिकुलताका बिच पनि दश दिन सम्म महोत्सब चलेको थियो । महोत्सवमा विभिन्न किसिमका प्रर्दशनीका साथै रमाईलो मेला, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, विभिन्न जानकारी मुलक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ स्टलहरुको व्यवस्थापनका साथै व्यापारिक मेला सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।