Amargadhi Post

उद्योग वाणिज्य संघ द्धारा जिल्ला विपद व्यवस्थापन समितिलाई एक हजार थान मास्क सहयोग

अमरगढी रैबार सम्बाददाता
दार्चुला, चैत ११ विश्वभर फैलिरहेको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणको जोखिमबाट बच्न दार्चुला उद्योग वाणिज्य संघले जिल्ला विपद व्यवस्थापन समिति दार्चुलालाई मास्क सहयोग गरेको छ । जिल्ला लकडाउन गरिएको अवस्थामा अत्यावश्यक सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य नागरिकलाई वितरण गर्न जिल्ला विपद व्यवस्थापन समिति दार्चुलालाई दार्चुला उद्योग वाणिज्य संघले १ हजार थान मास्क सहयोग गरेको वाणिज्य संघका महासचिव मिलनराज अवस्थीले जानकारी दिनुभयो ।
दार्चुला उद्योग वाणिज्य संघले प्राकृतिक विपद परेका बेला खाद्य तथा गैर खाद्य सामग्री वितरण तथा सहयोग गर्दै आइरहेको उहाले बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिलाई यो समयमा चाहिने सामग्री मास्क आवश्यक ठानेर सहयोग गरेको उहाको भनाई छ । दार्चुला उद्योग वाणिज्य संघले सहयोग गरेको १ हजार थान मास्क अत्यावश्यक सेवामा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगेका उद्योग वाणिज्य संघका महासचिव मिलनराज अवस्थी, कार्य समितिका सदस्य भुवन धामीले प्रमुख जिल्ला अधिकारी पौडेललाई १ हजार थान मास्क हस्तान्त्रण गर्नु भएको हो । उद्योग वाणिज्य संघकै पहलमा महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडमा हात धुनको लागी पानी र सावुन राखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।