Amargadhi Post

लुपुस रोगबाट पीडित युवकको चितवनमा मृत्यु, कोरोनाको पनि आशंका

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत,११ गते । चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मृत्यु भएको छ ।वीरगञ्जका ३० वर्षीय मृतक युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए ।

उनलाई ज्वरो र निमोनिया देखिएपछि आइतबार कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो । उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि सोमबार साँझ काठमाडौं पठाइएको छ । यद्यपी परीक्षणको नतिजा भने नआइसकेको अस्पतालले जनाएको छ । उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ । उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो । कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको बुझिएको छ ।

‘उनी पहिलेदेखि नै लुपुस नामक रोगले पीडित रहेछन् । यसपाली ज्वरो र निमोनिया पनि देखिएपछि यहाँ ल्याइएको थियो,’ कोरोना नियन्त्रण कार्यदलका सदश्यसचिव डा। भोजराज अधिकारीले भन्नुभयो । युवकको शवलाई अहिले अस्पतालमै सुरक्षित तरिकाले राखिएको छ। जनता टाईम्सबाट साभार )

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।