Amargadhi Post

सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनका लागि स्थानीय तहलाई ३ करोड दिने

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,११ गते । सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना व्यवस्थापनका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ नगरपालिकालाई चार लाख र ५४ वटा गाउँपालिकालाई तीन लाखका दरले बजेट दिने निर्णय भएको जानकारी दिएका छन ।
जसअनुसार ५४ वटा गाउँपालिकाले तीन लाखका दरले एक करोड ६२ लाख र ३३ वटा नगरपालिकाले एक करोड ३२ लाख पाउँनेछन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।