Amargadhi Post

सुदुरपश्चिम प्रदेश सरकारका पाँच निर्णय ः कोरोनाको न्यूनीकरणका लागि ११ करोड ५० लाख बजेट विनियोजन

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,११ गते । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरण, उपचार र दुई वटा प्रादेशिक अस्पताल सेती र महाकालीमा आइसोलेसन बेड निर्माणका लागि ११ करोड ५० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय तहहरूमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत उप–महानगरपालिकालाई ५, नगरपालिकालाई ४ र गाउँपालिकालाई ३ लाख रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।
सीमामा रोकिएका नेपालीहरूलाई लगत सङ्कलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारहरूलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिएको छ । सो क्रममा जनकपुरसम्मका गरी १९ जिल्लाका मानिसहरू नाकामा रहेको उनले जानकारी दिए ।
त्यस्तै अति आवश्यक सेवामा अवरोध पु¥याने गरी सरकारी ओहदामा बसेको कुनै व्यक्ति वा पदाधिकारीले काम नगरी जिम्मेवारीबाट पन्छिन खोजेमा कानुनी दायरमामा ल्याएर कारबाही गरिने पनि मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
कोरोनाको विपद्लाई मध्यनजर गरी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने पनि निर्णय गरेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।