Amargadhi Post

नाकासम्म आइपुगेकालाई एक दिनका लागि प्रवेश अनुमति दिइने

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,११ गते । सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेपछि नेपाल–भारत सीमानाकामा अलपत्र परेकालाई एकपटकका लागि प्रवेश गर्ने अनुमति दिइने भएको छ ।
निर्णयअगावै यात्रा गरेर सीमासम्म आइपुगेर अलपत्र परेकालाई प्रवेश दिने निर्णय भएको हो ।
तर, प्रवेश गर्दा अनिवार्य स्वास्थ्य जाँच गरी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था प्रदेश र स्थानीय सरकारले गर्नुपर्न निर्णय गरिएको छ । कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म नाकामा आइपुगेका नेपालीलाई मात्र प्रवेश अनुमति दिइने निर्णय गरेको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।