Amargadhi Post

स्वास्थ्य सामग्रीबाट ुअनौठो गन्धु आएको भन्दै सेनाको स्काई ट्रक फिर्ता

अमरगढी रैबार सम्बाददाता
काठमाडौँ,चैत्र,१७ — सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक ुअनौठो गन्धु आएको भन्दै बीचबाटै फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार बिहान उडेका थिए ।

 विमान चालकले गन्धका कारण उडान भर्न नसक्‍ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनस् त्रिभुवन विमानस्थल नै फिर्ता भएका थिए । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरे।
ुगन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो। त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो। अब धनगढी लाने पनि उड्‍न तयार छ,ु उनले भने। उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरू बीचबाटै फिर्ता भएकाहुन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।