डडेल्धुरा अस्पतालमा कोरोना लगायत अत्याधुनिक परिक्षण ल्याब संचालनका लागी स्वास्थ्य मन्त्रालयलाई आग्रह
अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,१७ गते । आईतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा हाई कमाण्ड पोष्टको बैठकले डडेल्धुरा अस्पतालमा कोरोना लगायत अन्य रोगको परिक्षणका लागी अध्याधुनिक ल्याब संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षता र जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको प्रमुख आथित्यतामा सम्पन्न हाई कमाण्ड पोष्टको बैठकले यथासिघ्र ल्याब संचालनका लागी मन्त्रालयलाई आग्रह गरिएको हो ।
बैठकमा डडेल्धुरा स्थानिय तहहकरुका प्रमुखहरु,सुरक्षा निकायका प्रमुख,उद्योग बाणिज्य संघ,पत्रकार महासंघ,डडेल्धुरा अस्पतालका र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सम्मिलित हाई कमाण्ड पोष्टको बैठकले स्वास्थ्य मन्त्रालयलाई ल्याब संचालनका लागी आग्रह गर्ने र नभए स्थानिय तहहरु र निजी क्षेत्रबाट आर्थिक संकलन गरेरै भएपनि अत्याधुनिक परिक्षण ल्याब संचालन गर्न बिशेषज्ञ टोली सहित फिजीबिलेटी अध्यन र अनुमतीका लागी आग्रह गर्ने निर्णय गरेको छ ।
बिश्वभर फैलिएको कोरोना भाईरसको ल्याब परिक्षण गर्न काठमाण्डौ धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने भन्दै बैठकमा अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले डडेल्धुराका सबै स्थानीय तहहरुको लगानीमै भएपनि कोरोना लगायतका अन्य रोगहरुको लागी समेत हुने अत्याधुनिक ल्याब मेसिन जडान गर्नुपर्ने आबश्यकता रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो— सुदुरपश्चिमकै एकमात्रै संघिय सरकार मातहत रहेको डडेल्धुरा अस्पताल सातवटै पहाडी जिल्लाको अस्पतालका रुपमा हेरिएको छ ।
यस्ता माहामारी फैलिदा ल्याब टेष्टका लागी लामो समय कुर्नुपर्दा केही पनि हुन सक्छ भन्दै नगर प्रमुख ओझाले डेढ करोड जतीमा यो मेसिन जडान हुने भएकाले सबै स्थानीयतहहरुले २० हजारका दरले उठाउदा सम्भब भएको दाबी गर्नुभयो ।
आफुले प्रदेश देखि संघिय सरकारका बिचमा ल्याब मेसिन जडानका बिषयमा छलफल गरेको र सबै स्थानीय तहहरु सहमत हुन सके तत्कालै यो सेवा सुचारु गर्न सकिनेमा जोड दिए ।
जनतालाई सेवा दिन र यस्तो महामारी जस्ता रोगलाई सहज रुपमा नियन्त्ररण गर्न यस्ता उपकरणको तड्कारो आबश्यकता महसुस भएको बताउनुहुदै नगर प्रमुख ओझाले बैठकमा श्रोतको अभाब रहे निजी क्षेत्रहरुलाई समेत आग्रह गर्न सकिने बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले यस्ता उपकरणको आबश्यकता रहेकाले सैब स्थानीय तहहरु मिलेर डडेल्धुरा अस्पतालमा राख्दा उपयुक्त हुने सुझाब दिनुभयो । सबै तहहरु मिलेर मल्टीप्रपोज ल्याब मेसिन राख्न सक्यौं भने सुदुरपश्चिमका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिन सकिनेमा उहाँको जोड थियो । यसैगरी बैठकमा अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भट्ट (बिकास)ले ल्याब मेसिन आबश्यक भएको भन्दै यसको फिजीबेलेटी अध्यन गरि तत्कालै यो सेवा सुचारु गर्न सबै स्थानीय तहहरु एकमत हुनुपर्नेमा जोड दिएका छन । यसैगरी नबदुर्गा गाँउपालिका अध्यक्ष कबिन्द्र बिष्ट,गन्यापधुरा गाँउपालिका अध्यक्ष नबल मल्ल,डडेल्धुरा अस्पतालका मेसु डा.जददिशचन्द्र बिष्ट उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्ट,पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद लगायतले ल्याब मेसिनको आबश्यकता रहेको र सबै स्थानिय तहहरुको सहयोगमा डडेल्धुरा अस्पतालबाट यो सेवा सुचारुगर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वभर नै कारोना भाईरसको संक्रमण फैलिएर ठुलो धनजनको क्षति भईरहेका बेला संभावित जोखिमबाट यस क्षेत्रका नागरिकको सेवाको लागि कोराना परिक्षण ल्याव संचालन गर्नुपर्र्नेमा सबैक्षेत्रबाट दबाब सिर्जना भईरहेको छ ।
