अमरगढी रैबार सम्बाददाता
धनगढी,चैत्र,१९ गते । कोरोना भाइरस ९कोभिड १९० जाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ ।
मंगलबार साँझ मेसिन, किट, रेजेन्ट ९केमिकल० सहित धनगढी पुगेको सो टोलीले जडानको काम शुरू गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको
लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परिक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडान शुरू गरिएको जानकारी दिए । मेसिन जडान कार्य सकिएपछि आज साँझदेखि नै नमूना परिक्षण गर्न सकिने मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले बताए ।
