Amargadhi Post

कोरोनाबारे सचेतना जगाउन अमरगढीका स्वास्थ्यकर्मी घरघरमा

लक्ष्मी ऐर
डडेल्धुरा,चैत २५ गते । सुदूरपश्चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएपछि अमरगढी नगरपालिका डडेल्धुराले उच्च सतर्कता अपनाइरहेको छ । अमरगढी नगरपालिकामा भारतलगायत अन्य ठाउँबाट आएका मानिसहरुको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मीहरु घरदैलो कार्यक्रममा जुटिरहेका छन । सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझनका साथै कोरोनाबाट बच्नका लागि सचेतना जगाउँदै स्वास्थ्यकर्मीहरु घरदैलोमा जुटेको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिनुभएको छ । वस्ती तथा घरमा गएर मास्क वितरणसंगै स्वास्थ्य सचेतिकरण जगाउन अभियान संचालन गरेको स्याउले स्वास्थ्य चौकी डडेल्धुराका प्रमुख भोजबहादुर पालले बताउनुभयो ।
पालका अनुसार गाउँमा कोरोना भाइरस र यसको असरका बारेमा स्थानीयलाई राम्रोसंग जानकारी नभएकाले सचेचिकरणका कार्यक्रम आवश्यक रहेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।