अमरगढी रैबार सम्बाददाता
काठमाण्डौ,चैत्र,२५ गते । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी १८ वैशाख ९अप्रिल ३०० सम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस ९कोभिड– १९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म स्थगित गर्ने निर्णय गरेको हो । यसअघि ३ वैशाख ९अप्रिल १५०सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरिएको हो ।
बैठकमा आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । सरकारले यसअघि नै आन्तरिक उडान पनि ३ वैशाखसम्म बन्द गरेको छ ।
