मानबहादुर साउद
डडेल्धुरा,बैसाख,३ गते । कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त भएकावेला नव वर्षको आवागमनसँगै वन तथा संरक्षणविदका लागि डडेल्धुराको महाभारत क्षेत्रमा पहिलो पटक पाटे बाघ देखा परेको छ । तराई र भित्रीमधेशतिर पाइने संरक्षित सूचीमा रहेको पाटेबाघ डडेल्धुरामा पहिलो पटक सबैैभन्दा बढी २५ सय मिटर उचाइमा देखा परेको हो ।
डडेल्धुरा जिल्लाको मध्य भागमा रहेको महाभारत घना जंगलमा जडान गरिएको क्यामेरामा पाटे बाघ कैद भएको हो । यो वन क्षेत्र डोटी र डडेल्धुरामा फैलिएको छ । यो वन डडेल्धुराको लाईफ लाईन समेत हो । ७५ प्रतिशत बनक्षेत्रले यो भुभाग ढाकिएको छ ।
महाभारत वन क्षेत्रका तीन स्थानमा पहिलो पटक स्वचालित क्यामेरा ट्र्या्पिङ्ग गर्दा पाटे बाघको ईमेज कैद भएको डडेल्धुराका डिभिजन वन अधिकृत बिष्णुप्रशाद आचार्यले जानकारी दिनुभएको छ । नेपालको वनक्षेत्रको ईतिहासमा पहिलो पटक यो उचाईमा पाटेबाघ पाइएको घटना सुनाउन पाउदाँ हामी खुसी र गौरान्वान्वित भएका छौं’उनले भने, ‘यसले सम्पूर्ण वाताबरण, वन्यजन्तु प्रेमीलाई खुसी तुल्याएको महसुस गरेका छौ ।’
यसले पाटेबाघको क्षेत्रमा अध्ययन गर्ने नँया ढोका खुलेको उनले बताए । यो बाघ त्यहाको रैथाने हो वा अन्यत्रबाट आहाराको खोजीमा यहाँ आइपुगेको हो भनेर त्यसको बिस्तृत अध्ययन हुन बाँकी रहेको उनको भानाई छ । ‘सम्पूर्ण तथ्यांक प्राप्त भई थप विश्लेषण भएपछि यो कुरा थाह हुने छ’ उनले भने ।
तराइ भूपरिधि कार्यक्रम, विश्ववन्य जन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वनक्षेत्रको वन्यजन्तुको अध्ययन गर्ने र मुलत त्यहाँ पाटेबाघको उपस्थितिलाई यकिन गर्ने उद्येश्यले ३२ जोडी क्यामेरा राखिएको थियो । हाल उक्त ३२ जोडी मध्ये एक स्थानमा उक्त पाटेबाघको इमेज ट्रयाप भएको छ ।
क्यामेरामा पाटेबाघको अतिरिक्त रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगाएत सयौ महत्वपूर्ण वन्यजन्तुको इमेज कैद भएका छन । जुन डडेल्धुरा जिल्लाको महाभारत वन क्षेत्रमा पाईने वन्यजन्तुको प्रचुरता र सघनतालाई पुष्टि गरेको वन अधिकृत आचार्यले बताए ।
महाभारत वन क्षेत्रलाई संरक्षण गर्दै अगाडी बढाउने भन्ने महत्वपूर्ण बिषयमा गम्भीरतापुर्वक सोच्नस पर्ने उनको भनाई छ । चिुतवा र चरी वाघको वासास्थान रहेको हिउ पर्ने माहाभारत पर्वतमा पाटे वाघ देखिएपनि बतावरण तथा संरक्षणविद आश्चर्य र खुशी भएका छन । वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाले महाभारत पर्वतमा पाठे वाघ पाइएको कुराले नयाँ अनुसन्धानको वाटो खुलेको बताएका छन।
नेपालमा यति उचाईमा पाठे वाघ पाइएको पहिलो पटक भएको उनले बताए ।‘यस अघि क्यामेरा पनि राखिएको थिएन, अहिले यो पाठेवाघ फेला परेपछि थप अनुसन्धान आबश्यक देखिएको छ’उनले भने । राष्ट्रिय निकुन्जमा मात्र पाठेवाघ संरक्षित छन भन्ने कुरा नभई सामुदायिक बन जंगलमा पनि पाठेवाघ संरक्षित रहेछन भन्ने सन्देश दिएको उनले बताए ।‘
यो वाघको वासस्थान त्यही हो वा कतैवाट घुमेर आएको हो यो खुलेको छैन’उनले भने, अव त्यहा वाघको वासास्थानको अवस्था र आहाराको अवस्था के छ भनेर अध्ययन गर्छौ ।’ अहिले सम्म तराई र भित्री मधेशमा मात्र पाठे वाघ पाईन्छ भन्ने बुझाई रहेको उल्लेख गर्दै जलवायु परिर्वतनले पाठेवाघको वासास्थान सरेको हो कि भन्ने बिषय पनि अनुसन्धानको रहेको उनको भनाई छ ।‘ अव हामी विस्तृत रुपमा सवै कुराको अध्ययन गर्ने तयारी गर्छौं’उनले भने । शुक्लाफाटा राष्ट्रिय निकुन्जका वार्डेन लक्ष्मण पौडेलले २५ मिटर उचाईमा पाठे वाघ भेटिएको नेपालमै यो पहिलो पटक भएको बताए।‘यो खुशीको कुरो नै मान्नु पर्छ, पाठे वाघ माथी पहाड सम्म पुग्दो रहेछ भन्ने देखिएको छ’उनी भन्छन,‘जंगल जोडिएको छ भने पाठे बाघ लामो दुरी सम्म हिडडुल गरिराख्ने गर्छ।’
त्यही वासास्थान पनि हुन सक्ने वा घुम्दै गएको पनि हुनसक्ने उनी बताउछन।‘जे सुकै भएपनि हाम्रो देशको त्यती उचाईमा पाठेवाघ पाईनु खुशीको कुरा हो’उनले भने । बिश्वका अन्य मुलुकमा पनि पाठे वाघ पहाडमा पाइएको उदाहरण रहेको उनले बताए। छिमेकी मुलुृक भारतमा दार्चुला पारीको जंगलमा ३२ सय मिटर उचाईमा पाठे वाघ फेला परेको र भुटानमा ४२ सय मिटर उचाई सम्म पाठे वाघ पाइएको उनी बताउछन।
संकटमा रहेको पाटे बाघ मुलूक लगायत विश्वका १४ देशमा मात्रै पाईन्छ । सन २०२२ सम्म मुलुकमा बाघको संख्या दोब्बर पार्ने अभियानमा संरक्षणकर्र्मी लागेका छन। सन २०१८ को गणनामा उनीहरुको संख्या मुलुकभर २ सय ३५ रहेको वन मन्त्रालयले सार्वजनिक गरेको थियो। छिमेकी भारत पनि आफ्ना बाघहरु दोब्बर पार्ने अभियानमा काम गर्दैछ। नेपालमा सवैभन्दा बढी चितवन राष्ट्रिय निकुन्ज, तेसपछि बर्दिया राष्ट्रिय निकुन्ज , वाँके राष्ट्रिय निकुन्ज र शुक्लाफाटा राष्ट्रिय निकुन्जमा पाटे वाघ रहेका छन ।
