Amargadhi Post

डडेल्धुरामा मानब अधिकार अबस्था अनुगमन समिति गठन

लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,७ गते । कोभिड १९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा डडेल्धुरा जिल्लमा तिन सदश्यिय जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन भएको छ ।
समितिको संयोजकमा जिल्ला बार इकाई डडेल्धुराका अध्यक्ष अधिबक्ता लालबहादुर जाग्रीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष मानबहादुर साँउद र गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रेम महर रहने गरि तिन सदश्यिय समिति गठन भएको हो । बिश्वभर फैलिएको कोराना भाईरस बिरुद्धको महाअभियानमा मानब अधिकारको बर्तमान अबस्थाका बिषयमा अनुगमन गर्नका लागी राष्ट्रिय मानब अधिकार आयोग,नेपाल बार एसोसियन,नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघको सहकार्यमा केन्दमा उच्च स्तरीय समिति गठन भएको छ ।


उच्च स्तरीय नेटवर्कले प्रदेश र जिल्लामा तपशिलका संस्थाहरु सम्मिलित समिति गठन गर्न निर्र्देशित गरेपछि डडेल्धुरामा पनि शुक्रबार समिति गठन भएको हो । प्रदेश र जिल्लामा गठन गर्दा तिनवटै संस्थाका प्रमुखहरुको समझदारीमा एक संस्थाका अध्यक्षलाई संयोजक बनाएर तपशिलका दुई संस्थाका अध्यक्षहरु सदश्य रहने गरि समिति गठन कार्यबिधी २०७६ निर्माण भएपछि समिति गठन भएको छ ।
केन्द्र र प्रदेशमा राष्ट्रिय मानब अधिकार आयोगको प्रतिनिधित्व रहने गरि गठन भएका छन भने जिल्लाहरुको हकमा आयोगको सहकार्यमा गठन गर्नुपर्ने प्राबधान रहेको जिल्ला बार इकाई डडेल्धुराका अध्यक्ष लालबहादुर जाग्रीले बताउनुभयो । उहाँले भन्नुभयो— कोबिड १९को परिबेसमा मानब अधिकारको समग्र अबस्थाको अनुगमन गरि मानब अधिकार उच्च स्तरीय संयन्त्रलाई जिल्लाहरुले राय सुझाब सहित प्रतिबेदन बुझाउनुपर्र्ने कार्यबिधिमा उल्लेख छ ।
कोरेन्टाईनको अबस्था,औषधी उपचार,लकडाउनको पालना भए नभएको ,समग्र राहत बितरणका प्रक्रियाहरु र स्थानीय सरकार लगायत अन्य जिम्मेवार निकायहरुले गरिरहेका कामकारबाही र सचेतना अभियानका बिषयमा अनुगमन गरेर सरकारलाई सुझाब पेश गर्ने उदेश्यले जिल्लामा मानब अधिकार अनुगमन समिति गठन भएको जनाएको छ । जिल्लाको हकमा हरेक सोमबार बैठक बस्नुपर्ने कार्यबिधीमै उल्लेख गरिएको छ । उच्च प्रबिधीको प्रयोग गरि भिडियो कन्फेन्सको माध्यमबाट बैठक संचालन गर्नेपर्ने भएकाले आफुहरुले हरेक हप्ताको सोमबार सोही अनुरुप अघि बढाउने सयोजक जाग्रीले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।