Amargadhi Post

बाजुरा अस्पतालको आइसोलेसनमा बालिकाको मृत्यु

८ दिनअघि भारतबाट आएकी थिइन्

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ १८ गते । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा नगरपालिका—१ की दुई वर्षीया बालिका रहेकी छन ।

ती बालिकाको आइतबार बिहान साढे २ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डा.रुपचन्द्र विश्‍वकर्माले बताउनुभयो । ‘उनमा झाडापखला, उच्च ज्वरो, श्‍वासप्रश्‍वासम्बन्धी समस्या देखिएको थियो,उहाले भन्नुभयो—’क्‍वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। तर आज बिहान उपचारकै क्रममा उनको मृत्यु भयो।’

डाक्टर विश्‍वकर्माका अनुसार ती बालिकालाई जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। आइसोलेसनमा उनका आमाबुबालाई पनि राखिएको छ। चार दिनसम्म स्रोतसाधनले भ्याएसम्म उपचार गरेपनि बालिकालाई बचाउन नसकिएको उनले बताए।

डाक्टर विश्‍वकर्माका अनुसार उनलाई इन्ट्रोभेसन (आइभी) एन्टिबायोटिक औषधि र अक्सिजन दिई उपचार गरिएको थियो बालिकासहित उनका आमाबुबाको १६ गते थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइए पनि रिर्पोट नआएको उनले बताए।

‘हामीले भर्ना भएको दोस्रो दिन नै स्वाब संकलन गरेर धनगढी पठाएका थियौं,’ उनले भने,’रिपोर्ट आएको छैन। आज दिउँसोसम्म आइपुग्‍छ होला।’

रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने भएको छ। आठ दिनअघि भारतबाट फर्किएकी ती बालिकालाई बूढीगंगा नगरपालिका(१ को एक स्थानीय क्‍वारेन्टाइनमा राखिएको थियो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।