Amargadhi Post

उपचारको अभाबमा डडेल्धुरामा एक कैदीको मृत्यु

लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,२० गते । चोरी मुद्दामा कैद सजाय भोगिरहेका ३२ वर्षीय युवकले उपचार नपाएर ज्यान गुमाएका छन । दार्चुलाको व्यास गाउँपालिका–४ का धनसिंह खातीको सोमबार राति डडेलधुरा अस्पतालमा ज्यान गएको हो ।
केही दिनअघि पक्षघात भएर थला परेका खातीलाई उपचारका लागि डडेलधुरा अस्पतालमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नात पन्तले बताउनुभयो । डडेलधुरा अस्पतालमा उपचार सम्भव नभएपछि खातीलाई धनगढी रिफर गरिएको थियो ।
धनगढीमा पनि उपचार हुन नसकेपछि खातीलाई नेपालगन्ज रिफर गरिएको भएपनि उनका आफन्त नभएपछि पुन डडेलधुरा अस्पताल ल्याइएको प्रजिअ पन्तले जानकारी दिनुभयो । गम्भीर बिरामी भएका कारण कैद मिनाहा गरी आफन्तको जिम्मा लगाउन कारागार विभागलाई सिफारिस समेत गरिएको थियो प्रजिअ पन्तले भने, ‘खातीको घरमा ५ वर्षको छोरा र भाइ बुहारीबाहेक अरु कोही पनि छैनन् ।
धनगढीमा केही निजी अस्पतालले उनको उपचार गर्न नमानेका कारण सोमबार डडेलधुरा फर्काइएको उहाँको भनाई थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।