Amargadhi Post

सुदूरपश्चिममा एकै दिन थप २७ जनामा कोरोना पुष्टि

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,जेठ,२० गते । कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टानमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टानमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टानमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

यस्तै सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको छ। अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा सोमाबर साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ७३ जना संक्रमितमध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने बझाङ र बाजुराका एक–एक संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। यहाँका एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ६ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।