Amargadhi Post

लाहुरेको बिजोग, अधिकांश दलित

टेकराज अवस्थी
लकडाउनका कारण रोजगार बन्द भए पछि घर फर्केका सुदूरपश्चिम प्रदेशका नेपाली नागरिकहरुको कन्थ बिजोग भएको छ । अनेकौं दुखकष्ट गर्दै सिमा नाकामा समेत समस्या झेल्दै आफ्नो जिल्लासम्म पुगेका भारतमा रहेका महिला पुरुष श्रमिकहरु आ आफ्नो परिवार जहान सहित सामान ल्याएर बेमौसममा आउँदा पिडा बोध मातृभुमिमा पुग्दा केहि राहत महशुष गरेका छन ।
भारतबाट आएर घर फर्केका मध्ये अधिकांश दलित समुदायका छन भने दलित वा गैर दलित जो भए पनि परदेशबाट श्रीमति केटाकेटी सहित घर आउँदा निकै समस्या भएको नवदुर्गा गाउँपालिका वडा नं.५चामाका ५४वर्षका झिम्वाँ लुहार बताउँछन ।
भारतको गुरात राज्यको राजकोटबाट आएका लुहार भन्छन धेरै दुख भयो हजुर यो कोरोना र उता पनि लकडाउन यता पनि लकडाउन, सँग केटाकेटी छन परिवार छ, सँगै सामान पनि सम्हाल्न साह्रै समस्या भएर यहाँसम्म पुगेका हौ , यहाँ त ठिकठाक रैछ घरै पुग्या जस्तो भयो।
वडाध्यक्ष धन बहादुर दाईले हाम्रा लागि धेरै ब्यबस्था गरेका रैछन यहाँ पुगे पछि कसलाई के कस्तोछ सोधापुछि , चियानास्ता खानपिन आदी गाडी लगायतको सबै व्यवस्था मिलाएर घर पठाउँदैछन ।
वडा नं.५ कै हरिना बिकले पनि आफूले बाटोमा भोग्दै आएको सबै दुखकष्ट डडेल्धुरा पुगेर सास फेरियो, उकातिर बाटोको दुख गर्मि, भोकप्यास अर्को तिर कोरोनाको डर, अब त हामी घर पुगिसक्यौ भन्दा पनि हुन्छ क्वारेन्टाईनमा बस्न खुशी रहेको बताउँदै उनले भनिन अब सकभर भारत जान जनपडौं । यैपाली कोरोनाले दुख भएलै परदेश परदेशै हो , संसारै दुख भया बेला कैलाई दोष दिन्या तर हामरा भोट हाल्याका मान्स अईल काम लाग्या ।
काखमा १८ महिनाको बालक सहित डडेल्धुरा पुगेकी बैतडी जिल्ला सिगास गाउँपालिकाका पदमा चुनारा भन्छिन हामी भारतको गुजरात प्रदेशबाट आएका हौं तिनचार दिन पछा घर पुगिन्नाछ, धेरै खुशी लाग्या छ, हुन त हाम सुरक्षित छौं जसो लागन्छ तैपनि महामारी फैलीने डर हाम्लई पनि छ जसो सरकार भन्छ तसो अद्दाई हाम तयार छौं ।
दश बिस हजारका लागि भारत बिदेशिन पुगेका नेपाली त्यसमा पनि गरिबी र अभाव का बाध्यताले घर छोडन हाम्रा सुदूरपश्चिमबासीको पिडा कस्ले बुझ्ने सोमवार अपरान्ह डडेल्धुराको डडेल्धुरा बहुमुखि क्याम्पस डडेल्धुराको प्राङ्गणमा एकाएक गाडीबाट झरेका अजयमेरु हाटका एक स्थानीय ।
कोरोनाका कारण विश्वभरि लकडाउन भएका बेला भारतमा पनि रोजगार संभावना प्रभाबित भए पछि केहि दिन बाध्य भएर बसेका नेपालीहरु अनायस घर पुग्न थालेका छन जसमध्ये ९५ प्रतिशत दाजुभाईहरु दलित समुदायका रहेका छन, उनिहरु रहरले गएका हुन वा रहरले घर आएका हुन राज्यले बुझ्नु जरुरी रहेको बताउँछन नेपाली काँग्रेसका नेता तथा अगुवा दलित अधिकारकर्मी भरत नेपाली ।
घर पुगेर भारतबाट आएका नागरिकहरुले मापदण्ड अनुसार क्वारेन्टाईनमा बस्नु पर्ने भए पनि आफ्नो गाउँघर तिर व्यवस्था भएका क्वारन्टाईनमा जान खुशी देखिएकाले उनिहरु डडेल्धुरा सदरमुकामबाट सम्बन्धित स्थानीय तहमा पठाउने कार्य भैरहेको छ ।
मान्छे भन्दा बढि सामान भएका आफ्नो स्थानीय तहबासीहरुलाई क्वारेन्टाईनमा राख्ने र आवश्यक चेकजाँच गर्नेगरि सक्रिय भएका जनप्रतिनिधिहरु पनि व्यवस्थापन गर्न धौधौं परिरहेको नवदुर्गा गाउँपालिका वडा नं.५ का वडाध्यक्ष धन बहादुर साउँद बताउँछन ।
उनका अनुसार व्यवस्थापन गर्न गाह््रो छ, गाउँमा खानेपानी पर्याप्त छैन, बिद्यालयहरुमा शौचालयको अवस्था त्यस्त ,हामी हाम्रो बुद्धि विवेकले भ्याए सम्म बिभिनन तबरबाट गर्न सके जति गरिरहेका छौं नै फेरि पनि पुगिराख्या छैन, हाम्रा जिल्लाका नेताहरुले पनि सोच्नु परयो, भारतबाट आएका आफ्ना मतदाताहरुलाई कसरी सुरक्षित गर्ने, कसरी राहत दिने, उनिहरुको भविष्य आयमूलक कसरी बनाउँने, राज्यले जनता प्रति निभाउनु पर्ने दायित्व बोध कसरी हुन्छ जान्नु परेन ? केन्द्रमा बसेर मात्र हुँदैन, जनताको वास्तविक अवस्था कोरोनाले गर्दा अहिले उजागर भएको छ, जुन भयाभय छ ।
भारतबाट घरसम्म आई पुग्दा कोरोना सन्त्रास र लकडाउनले गर्दा हरि बिजोगको परिस्थिति सामना गर्दै आएका स्थानीयहरुले जनप्रतिनिधिको क्रियासिलता प्रति हर्षित मात्रै छैनन उनिहरुले आफ्नो मातृभुमिमा पुगेर खान लाउन उपचार लगायतबाट सुरक्षित भएको अनुभूति पनि गरेका छन ।
यस्तै भारतबाट आउनेको संख्या दिनप्रतिदिन अपेक्षा भन्दा बढि बढिरहेको तथ्याङ्कले देखाउँछ, ठूलो संख्यामा भित्रिएका सुदूरपश्चिमका सबै जिल्ला सबै स्थानीय तहका दलित वा गैरदलित बासिन्दाहरु यि मध्ये कतिपय फेरी रोजगारका लागि जान बाध्य हुने छन तर कतिपय जान नचाहेको पनि देखिन्छ, जान नचाहने नागरिक तथा युवाहरुलाई देशभित्रै रोजगार, स्वरोजगारको सिर्जना गरि पलायन नहुने सुनिश्चितता भए फेरी हाम्रा नागरिकहरुले प्रताडिनु पर्ने छन र आर्थिकउपार्जजका लागि भारत मात्र संभावना हो भनेर ज्यान पलायन गर्नु पर्ने छैन यस तर्फ राज्यको, तिनै तहका सरकारको गम्भीरताका साथ ध्यान दिनु अपरिहार्य छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।