लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,२७ गते । नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्लामा बढीरहेको कालोबजारीलाई रोक्न स्थानीय प्रशासन संग माग गरेको छ । सोमबार नेविसंघले डडेल्धुराले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त समक्ष ज्ञापनपत्र बुझाउँदै कालोबजारी यथासिघ्र रोक्न माग गरेको हो । जिल्लामा कालोबजारी बढीरहेको र व्यापारीहरुले आफूखुसी मूल्यमा अत्यावश्यक सामग्री विक्री वितरण गरिरहेको नेविसंघले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
‘सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मूख्य प्रवेशद्वार डडेल्धुरा जिल्ला कोरोनाको बढी जोखिममा रहेको छ ।
बजारमा कालोबजारी बढीरहेको छ । व्यापारीहरु आफूखुसी मूल्यमा अत्यावश्यक सामग्री विक्री वितरण गरिरहेका छन । नेविसंघ डडेल्धुराका अध्यक्ष दीपेन्द्र भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ — भारत लगायत अन्य मुलुकबाट नेपाल भित्रिएका नेपालीहरुको लागि क्वारेन्टाइन व्यवस्थापनमा लार्पवाही गरिरहेको र बस्न असुरक्षित रहेको भन्दै ज्ञापनपत्रमा ध्यानाकर्षण गराएको छ ।
मानिसहरुले खाना नपाइ राखेको अवस्थामा क्वारेनटाइन स्थलमा रक्सी पुगेको घटनाले नेविसंघ डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
