लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,२७ गते । बर्षौदेखि डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउन लाखौं खर्च गरिसकेको डिभिजन वन कार्यालय डडेल्धुराले सरोकारवालाहरुको आँखा छल्दै आरक्ष बनाउने तयारी थालेको छ ।
महाभारत वनक्षेत्रलाई वन ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न २०६८ सालमा कार्ययोजना स्वीकृत गरिसकेको र २०७१ साल असार २५ गते राजपत्रमा सूचना प्रकाशित गर्न वन विभागले सिफारिस गरिसकेको महाभारत संरक्षित वन क्षेत्रका नाममा बर्षेनी लाखौं रकम खर्च भईरहेको छ । २०७१ सालमै महाभारत संरक्षण परिषदको तदर्थ समिति गठन गरिएकोमा हाल सो समिति निस्कृय छ । जनचेतनामुलक कार्यक्रमका नाममा गोष्ठी र अन्तरकृया गर्न बर्षेनी लाखौं रकम खर्च गरिरहेको डिभिजन वन कार्यालय डडेल्धुराले पछिल्लो समयमा सबै सरोकारवालाहरुको आँखा छलेर महाभारत वन क्षेत्रलाई आरक्षका रुपमा विकास गर्न भित्रभित्रै लविङ गरिरहेको छ ।
गत आर्थिक बर्षमा महाभारत वन संरक्षणका नाममा तीन लाख बजेट बिनियोजन भएको र जिल्लाकै प्रतिष्ठित रातो गुरास रिसोर्टमा गोष्टी सम्पन्न गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
चालु आर्थिक बर्षमा समेत १० लाख बिनियोजित बजेटमध्ये सब डिभिजनस्तरीय गोष्ठी र जिल्लास्तरीय गोष्टीका साथै प्रचारप्रसार सामाग्री निर्माणमा खर्च भइसकेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
२०६८ सालदेखि हालसम्म २४ लाख २० हजार रुपैयाँ महाभारत वन संरक्षणका लागि खर्च भइसकेको जानकारी दिनुभयो । ‘कार्ययोजना स्वीकृत भएर वन विभागले राजपत्रमा सूचना प्रकाशनका लागि सिफारिस गरिसकेको ८ बर्ष बितिसक्यो उनले भने, ‘तर, राजनीतिक पहुँच नहुँदा डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वनका रुपमा विकास गर्न सकिएको छैन ।
