धनबहादुर भण्डारी
डडेल्धुरा स् डडेल्धुराका विभिन्न गाउँहरुमा सलह किरा देखिएको छ। जिल्लाको अजयमेरु गाउँपालिका १ को मुद्रडा र परशुराम नगरपालिका ७ सादनीमा सलह किरा देखिएको हो।
ठुलो हुलमा रहेको सलह देखिएसँगै किसान चिन्तित बनेका छन्। गत वर्षसम्म जगंली वनेलले मकै, भट्मासका साथै धानबालीसमेत क्षति पुर्याउने समस्य सहनु परेका किसान यस वर्ष सलहले खेतबारी नष्ट गर्ने भन्दै चिन्तित बनेका हुन्। डडेल्धुरामा भित्री मधेसमा सलह किरा यसै वर्ष दोस्रोपटक देखिएको हो। अजयमेरु १ मुद्रडामा पहिलोपटक सलह किरा देखिएको छ। खेतीबालीका लागि निकै हानिकारक र खतरनाक मानिएको सलह कीरा जिल्लाका विभिन्न क्षेत्रमा रहेका मकैबालीमा देखिन थालेपछि कृषक किराको रोकथाम तथा बाली बचाउने उपायका लागि स्थानीयतहलाई गुहार्न थालेका छन्।
ठूलो संख्यामा सलह देखिएको परशुरामका सादनीका स्थानीय किसान कालुसिंह साउँदले जानकारी दिए। स्थानीयले होहल्ला गर्दा र बाजा बजाउँदासमेत सलह टसमस नहुने र सलह भगाउन सारै गाह्रो भइरहेको साउदको भनाइ छ। यसअघि परशुराम नगरपालिका–४, कटालमा सो किरा देखिएको थियो। सलह किरा आएको खबर पाएको र ठूलो आवाज गरेर भगाउने सल्लाह दिएको परशुराम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले बताए।
भारतबाट आएको अनुमान गरिएका ती किराले बालीमा खासै नोक्सान नगरेको भएता पनि सलह भगाउने उपाय नगर्ने हो भने बाली जोगाउँन समेत मुस्किल पर्ने अजयमेरु १ का किसान तेजबहादुर भण्डारीले वताउ। आफूहरूले शनिबार बिहानदेखि नै सबै गाउँले मिली भगाउने प्रयास गरिरहेको उनले जानकारी दिए।
अजयमेरु १ मा देखिएको किरा सलह नै भएको अमरगढी नगरपालिकामा कार्यरत कृषि प्राविधिक तथा मुद्राडका स्थानीय रमेश भण्डारीले जानकारी दिए। सलह शनिबार बिहानसम्म रुखमा बसिरहेका छन्। ती किरा बिस्तारै बालीतिर पनि आउन सक्ने उनले जनाए। परशुराममा भने सलहको झुण्डले मकै बालीमा क्षति पुर्याएको जनाएका छन्। मुद्राडमा पनि सलहको झुण्ड मकैबालीतिर गइरहेकाले किसनलाई क्षति पुग्ने प्राविधिकको भनाइ छ।
