Amargadhi Post

घूससहित सबइन्जिनियर भट्ट नियन्त्रणमा

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइन्जिनियर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो ।

सबइन्जिनियर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात् पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घूस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।