अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,११ गते । पछिल्लो २४ घन्टामा देशभर थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसमेत आजसम्म देशभर संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज ७५ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार एक सय २८ पुगेको छ ।
संक्रमित निको हुने प्रतिशत ७० दशमलव ५ रहेको गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय ४० र क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार नौ सय तीन रहेको छ ।
लकडाउन खुल्नुअघि पाँच दिनको अवधिमा परीक्षणको तुलनामा ३।२ दशमलव हुने गरेकोमा लकडाउन खुलेपछिको पाँच दिनमा ३।३ प्रतिशत रहेको गौतमले जानकारी दिए ।
