Amargadhi Post

बैतडीको सिगासमा करेन्ट लागेर एक महिलाको मृत्यु

अमरगढी रैबार सम्बाददाता
बैतडी,साउन,११ गते । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका ९ की ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
शनिबार घरबाट १ सय मिटर टाढा लोट भन्ने ठाउँमा घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा छुँदा करेन्ट लागेर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।