हरेन्द्र साउद
डडेल्धुरा,साउन,१६ गते । डडेल्धुराको नवदुर्गा गाउँपालिका अन्र्तगत दुई ठाँउमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र नवदुर्गा गाउँपालिकाको सहकार्यमा वडा नं. १ कोटेली चोराबजार र वडा नं.५ को ठटाबजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
नवदुर्गा गाउँपालिकाको बिशेष अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम कोटेली र बेलापुरको ठटाबजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने निर्णय बमोजिम स्थापना भएको डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्टका लागि चार कोठाको भवन र सौचालय गाउँपालिकाले निमार्ण गरेपछि पोष्ट स्थापना गर्न सहज भएको प्रनाउ न्यौपानेले बताउनुभयो ।
अस्थायी प्रहरी पोष्ट एरोडा, र बेलापुरको ठटाबजारमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा पाँच प्रहरी खटाइएको छ । प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्था तथा भौतीक संरचना समेत गाउँपापलिका तथा स्थानीय सरकारले निर्माण गरेको वडा नम्बर १ का वडा अध्ययक्ष भिमबहादुर बोहराले बताउनुभयो ।
अस्थायी प्रहरी पोष्टको उद्घाटन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद बास्तोलाले गरेका छन ।
उद्घघाटन गनुहुदै प्रजिअ बास्तोलाले जनताको सुरक्षा हाम्रो पहिलो प्राथमीकता भएको बताएका छन् । गाउँपालिकाले गरेको पहलको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले अब स्थायी प्रहरी चौकी बनाउन सबैले पहल गर्नुपर्ने धारणा समेत राख्नुभयो ।
आफुहरुले २० बर्ष पहिले देखि राख्दै आएको माग अहिले पुरा भएको भन्दै स्थानीयबासीहरु अस्थायी प्रहरी चौकी स्थापना गरिएपछि निकै खुसी भएका छन् ।
