Amargadhi Post

डडेल्धुरामा फेरी गाडी दुर्घटना, ८ जना घाईते, ३ गम्भिर

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा, साउन १८ । लकडाउन खुले संगै डडेल्धुरामा सडक दुर्घटना बढीरहेको छ। शनिबार मात्रै २ वटा सडक दुर्घटना भएका छन्। शनिबार राती पुःन अमरगढी नगरपालिका–७ रातामाटीमा जिप दुर्घटना हुदा आठ जना घाईते भएका छन्। ३ को अवस्था गम्भिर छ।

धनगढीबाट बझाङ्ग तर्फ गई रहेको जिप शनिबार राती करिब ११ बजेको समयमा दुर्घना भयो। चालक सहित ८ जना बोकेको सुप प्रदेश ०१००१ ज ११५५ नं।को टाटा मुमो जिप दुर्घटना भएको पोखरा प्रहरी चौकी ईञ्चार्ज प्रहरी नायव निरिक्षक शेरबहादुर बढाऐरले बताए ।

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको रातामाटी नजिक जिप दुर्घटना भएको हो। जिपमा चालक सहित ३ जना महिला र ५ जना पुरुष सवार थिए । अन्दाजी १२÷१३ बर्षका २ बालक र १ युवक गरी ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

उनको उद्दार गरी उपचारका लागी डडेल्धुरा अस्पताल पठाईएको छ। जिप सडक भन्दा करिब १०० मिटर तल खसेको उनले बताए। चालकका अनुसार हेन्डलले काम गर्न छोडे पछि दुर्घटना भएको बुझिएको छ। दुर्घटना बारे थप बिवरण आउन बाँकी छ ।

यसअघि शनिबार बिहानै हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।