Amargadhi Post

आठ करोडको लागतमा निर्माण भएको अमरगढी नगरपालिकाको नबनिर्मित भबन हस्तान्त्ररण हुन नपाउदै भत्किन सुरु

अमरगढी नगरपालिकाको कामकारबाही प्रति नागरिकको असन्तुष्टी बढ्दो

मानबहादुर साँउद
डडेल्धुरा,साउन,२३ गते । अमरगढी नगरपालिकाले सम्पादन गरिरहेका अधिकाँस काम कारबाहीहरु प्रति नगरबासी सन्तुष्ट छैनन । लामो समयदेखि जनप्रतिनिधी बिहिन रहेको स्थानीय संरचनाहरुमा जनप्रतिनिधीहरु आएपछि के के न हुन्छ भन्ने आश बोकेका नागरिकहरुले परिबर्तनको आभास हुन नसकेपछि असन्तुष्टी बढेको हो ।
अमरगढी नगरपालिकामा जनप्रतिनिधी आउनै लाग्दा झण्डै ७ करोडको लागतको नया भबनको टेण्डर सम्झौता अन्तिम चरणमा पुगेको थियो । र त्यहीबेला निमार्ण ब्याबसायीहरुका बिचमा प्रतियपर्धा भयो र ० दशमलब पाँच प्रतिशत घटाघटीमा रोयल कन्ट्रक्सन प्रा.लिले ठेक्का लिन सफल भयो ।


ठेक्का सदर लगत्तै केही निर्माण कम्पनीका प्रोपाईटहरुले नगरपालिकाका कर्मचारी र ठेक्का सदर भएको कम्पनीको मिलोमतोमा ठेक्का सदर गराएको जस्तो गम्भिर आरोप लगाउदै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरायो ।
उजुरीमाथी छानबिन गर्दे जिल्ला प्रशासन कार्यालयले तथ्यपरक नभएको भन्दै छनौटमा परेको रोयल कन्ट्रक्सनसंग नगरपालिकाले सम्झौता गरि काम अगाढी बढायो र काम गर्ने आदेश दियो ।
नगरपालिकाको पुरानो भबन भत्काएर सोही ठाँउमा नया भबन बनाउनुपर्ने इष्टीमेट डिजाईन थियो तर त्यो इष्टीमेटलाई लत्याएर नगरपालिकाले पुरानो भबनको साईडमै नया भबन बनाउनुपर्ने भन्दै निर्माण कम्पनीलाई जिम्मा लगायो र त्यही अनुसार इष्टीमेट परिबर्तन भयो ।
यो भबनको काम सुरु हुनु अघि नै अमरगढी नगरपालिकामा जनप्रतिनिधीहरुले जिम्मेवारी लिईसकेका थिए । पुरानो भबन नभत्काई त्यसको साईडमै नया भबन बनाउनुपर्ने अडानमा नगर प्रमुख बिशेश्वर प्रशाद ओझा नेतृत्वको टिम थियो भने पुरानो भबन भत्काएर सोही ठाउमा नया भबन बनाउनुपर्ने अडानमा काँग्रेसबाट प्रतिनिधित्व गरेका बहुमत जनप्रतिनिधीहरुको थियो । त्यसको नेतृत्व अमरगढी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष गोबिन्द बोहराले गर्नुभएको थियो ।

निर्माण कम्पनीले पुरानो भबनकै साईडमा नया भबन निर्माणको काम सुरु गयो र अन्तिम पिल्लर फिलिङ माटोमा हाल्नुपर्ने परिस्थिती बन्यो । निर्माण काम सुरु भईरहेको थियो र अमरगढी नगर कार्यपालिकाका बहुमत सदश्यहरुले भबनको काम रोक्नुपर्छ र डिजाईन इष्टीमेटमाथी छानबिन गरिनुपर्छ भन्दै झण्डै ४९ दिन सम्म नगरपालिकामा ताला लाग्यो । र सम्बँिधत निकायमा उजुरी दर्ता गराए तर परिणाम हात लाग्यो शुन्य झै भयो ।


निर्माण कम्पनीले धमाधम काम गर्न थाल्यो र काँग्रेस निकट जनप्रतिनिधीहरुले नगर प्रमुख,प्रशासकीय अधिकृत र लेखा साखामा तालाबन्दी गर्दे सडकमा समेत आन्दोलित भए । स्थानीय मिडिया देखि राष्ट्रिय मिडियाहरु सम्म यो समाचारले प्राथमिकता पायो तर बिडम्बना नगरपालिका र निर्माण कम्पनीका बिचको सम्झौतामा कुनै टसमस भएन । झण्डै सात करोडको लागतमा निर्माण हुने आधुनिक भबनका लागी पुरानो भबन नभत्काउदा सम्म नया भबनका लागी उपयुक्त र प्रयाप्त जमिन थिएन । जग्गाको अभाब त थियो नै तर एउटा पिल्लर र बाउन्ड्रीवाल समेत फिलिङ माटोमै राख्दा भबन थप जोखिममा पर्छ भन्दै नगरबासीहरुले चौतर्फी आलोचना गरेपनि नगरपालिकाको नेतृत्वले खासै चासो राखेन र आज यो परिणाम देख्नु परिरहेको छ ।
डिजाईन इष्टीमेट एकातिर काम अर्काेतिर भएको भन्दै नगरपालिकालाई नगरबासीले प्रश्न एकातिर गरिरहेका छन भने अर्काेतिर निर्माण कम्पनीले भबन हस्तान्त्ररण गर्न नपाउदै भबन भत्किन्छकी भन्दै कर्मचारीहरु सन्त्रस्त अबस्थामा छन । ६ करोड ७० लाखमा सम्झौता गरि ठेक्का लिएको कम्पनीले बिचमै इष्टीमेट पुर्नराबलोकन गराई भेरीसनका नाममा फेरी नगरपालिकाले १ करोड ३० लाख थप बजेट बिनियोजित गरि ८ करोडमा निर्माण कम्पनीसंग सम्झौता भयो र त्यो काम अन्तिम चरणमा पुगेको छ ।
बिबादका बिचमा सुरु भएको भबन निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा भबनको मुल गेटको भाग पर्खाल,र अन्तिम पिल्लर संग जोडिएको आगन पर्खाल नराम्रो संग चर्किएको छ । भबन चर्किएको छ र निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्त्ररण गरेको छैन तर एकसाता अघि देखि नगरपालिकाले नँया भबनबाट सेवा सुचारु गरेको छ । निर्माण कम्पनीले हस्तान्त्ररण नगर्दे किन अफिस सारिएको भन्ने जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्यायले सहजै रुपमा सारीएको प्रतिकृया दिए । र भने भबनको केही काम बाँकी छ अरु सबै काम भईसकेकाले सारेका हौं यसमा अन्यथा लिनुपर्ने केही छैन र भबन चर्किको बिषयमा भने उनले कुनै प्रतिकृया दिन चाहेनन । भबन भत्किन सुरु भएको छ बिभिन्न ठाउमा चर्किएको छ ठुलो पानी प¥यो भने जोखिम हुन सक्ने कुरालाई कर्मचारीले स्विकार गरेका छन तर जनप्रतिनिधी भने मौन छन ।


४९ दिन सम्म तालाबन्दी गर्ने जनप्रतिनिधी समेत त्यसै भबनको तलमा बसेर सेवा दिईरहेका छन भने भबन पक्की नै हुन्छ जोखिम हुदैन भन्दै कुर्लिने जनप्रतिनिधी पनि त्यसै भबनमा बसेर काम गरिरहेका छन । भबनको आगनको पेरीफेरी चर्किरहेको छ तर उनीहरुको नजर पर्न सकेको छैन किन होला यो जनजनको प्रश्न हो ।
यो भबनका बिषयमा सुरु देखि मिडिया क्षेत्रले चासो दिएको थियो र अहिले पनि भबन निकै जोखिममा रहेपछि चासोका साथ यो बिषयको उठान गरिरहेका छन । भबन निर्माणको डिजाईन एकातिर निर्माण संरचना अर्काेतिर बनेको छ तर जनप्रतिनिधीहरु चुइकपनि बोल्दैनन किन ? कतै मिलोमतो त थिएन यो प्रश्न तेर्सिएको छ ।
हरेक तलाको ग्यालरीमा मार्बल लगाईएको छ भने कोठाहरुमा मार्बल लगाईएको छैन र कोठाहरु होचा पनि छन । भबन भित्रका कोठाहरुका झ्याल मिलेका छैनन,शौचालयमा पानी जम्छ । र कोठाहरु होचा छन तै पनि नत कर्मचारीको नजर गएको छ नत जनप्रतिनिधहरुको नै नजर नै गएको छ । यस्तो किन भयो भनेर निर्माण कम्पनीलाई प्रश्न राख्न किन सकीरहेका छैनन ? सम्झौता रकमको झण्डै ८५ प्रतिशत रकम निर्माण कम्पनीलाई नगरपालिकाले भुक्तानी गरिसकेको छ तर खै इष्टीमेट अनुसार काम भएको भन्दै प्रश्न गर्न नसक्ने नगर नेतृत्वले कसरी स्मार्ट सिटी बनाउलान भनेर नगरबासी बिश्वस्त होलान । अमरगढी नगरपालिकाले स्मार्ट सिटीका रुपमा नगर क्षेत्रको बिकास गर्ने लक्ष्य लिएको भएपनि आफ्नै भबनको यो हबिगत र दुराअबस्था देख्दा नगरबासी चिन्तित भएका छन । तिन आर्थिक बर्षको बजेट जनप्रतिनिधीहरुले ल्याएका छन तर देखिने खालको एउटा योजना पनि नगर भित्र बन्न सकेको छैन । नगरपालिकाका अधिकास योजनाहरु बिबादका बिच रोकिएका छन भने भएका योजनाहरु गुणस्तरहिन र अपारदर्शिता भएको भन्दै सबत्तै आलोचना हुने गरेको छ ।


नगरपालिकाले नगर क्षेत्रलाई स्मार्ट सिटीको नारा दिएको झण्डै तिन बर्ष बितिसकेको छ । नगर क्षेत्रमा नत खेलमैदान बन्यो, नत हवाई मैदान नै भयो नत मुख्य बजार क्षेत्रको सडक चौडा नै भयो तर कसरी हुन्छ स्मार्ट सिटी भनेर खिसीटिरी गर्नेहरुको जमात दिनप्रति बढ्न थालेको छ । नगरबासीको असन्तुष्टी बढ्दै जाने र जनप्रतिनिधी र कर्मचारीहरुका गतिबिधी बिकास र समृद्धी लक्षित नहुने हुन भने एकदिन नगरपालिका बिरुद्ध स्वतस्फुत रुपमा नगरबासीहरु आन्दोलित हुन बाध्य हुनेछन र त्यसको जवाफ दिन नगर नेतृत्व तयार हुने दिन अब धेरै टाढा छैन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।