लक्ष्मी ऐर
डडेल्धुरा साउन ३१ गते । शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा २ जनामा कोराना पोजेटीभ देखिएको छ ।
डडेल्धुरा अस्पतालको ल्याब परिक्षणबाट अमरगढी नगरपालिका—६ की २३ बर्षीय महिला र बझाङको जयपृथ्वी नगरपालिका—५ का १८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भुषालले बताउनुभयो । कोरोना पोजेटिभ देखिएका परिवारका सदस्यहरुको पनि पुन कोरोना परिक्षण गर्दा सवैको नेगेटिभ देखिएको र हाल नगरपालिकामा कुनै पोजेटिभ नभएको साउन २२ गते प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले सार्वजनिक सुचना नै जारी गरेका थिए ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।
शनिबार गरिएको २२४ जनाको नमुना परिक्षण मध्ये २ जनामा कोरोना पोजेटिभ देखापरेको हो ।
