Amargadhi Post

सुशील भट्टलाई लगानी बोर्डको सिइओका रूपमा काम गर्ने बाटो खुल्यो

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,३२ गते । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील भट्टलाई काम नगर्नरनगराउन यसअघि जारी गरेको अल्पकालीन् अन्तरिम आदेश खारेज गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको संयुक्त इजलाशले यसअघि जारी भएको अल्पकालीन् अन्तरिम आदेश खारेज गरेको हो। उच्चले मुद्दालाई अग्राधिकार दिएको छ।

पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई हाजिर नगर्नरनगराउन अन्तरिम आदेश दिएको थियो। अधिवक्ता जयबहादुर भुजेलले साउन २६ गते दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाईपछि अल्पकालीन् अन्तरिम आदेश जारी भएको थियो।

आइतबार भएको सुनुवाईमा भट्टका तर्फबाट सतीशकृष्ण खरेल र रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, रमेश बडाल र पदम गिरिलगायतले बहस गरेका थिए। निवेदक भुजेलका तर्फबाट उनीसहित रामकुमार राईलगायतले बहस गरेका थिए।

अदालत सहयोगीका रूपमा वरिष्ठ अधिवक्ताहरू गोकुल बुर्लाकोटी र मेजर थापाले बहस गरेका थिए।

मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको सिइओ नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनौट समितिको सिफारिसअनुसार भट्ट बोर्डमा नियुक्त भएका थिए। उनी त्यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।