Amargadhi Post

कोरनाका कारण गौरा पर्ब प्रभाबित हुदै

पूजाआजामै सीमित

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१० गते । डडेल्धुराः सुदूरपश्चिम प्रदेशको महानपर्व गौराको मुख्य दिन बुधबार अठ्यावाली अर्थात् अष्टमी। आज सुदूरपश्चिममा गौराको पूजाआजा गरी मनाइँदै छ। हिजो गौरा घरमा लगिएको गौरालाई खेल खेल्दै आज पूजा गरी बिरुडा सिरमा चढाउने प्रचलन रहीआएको छ।

निकै हर्ष उल्लासका साथ साताव्यापी रुपमा महोत्सवका रुपमा मनाइने यो पर्व यसवर्ष भने कोरोना कहरका बीच पूजाआजा गर्ने महिलाहरु मात्रै भेला भई एकदिनमै गौरी र महेश्वरको पूजा गरी संस्कृति जगाएर सम्पन्न गरेका छन्। विगतका वर्षहरूमा महिला र पुरुष अलगअलग देउडा खेलेर एक सातासम्म गौरा मनाउँथे।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरापर्वको पहिलो दिन महिलाले घरघरमा तामाको भाडाँमा बिरुडा ९पाँच थरीका अन्न० भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाले व्रत बसी केराउ, गहत, गहुँ मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएर पर्वको थालनी गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहीआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलीपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुवधागो ९मन्त्रक गरिएको एक किसिमको धागो० चढाउने चलन छ भने अठवली अर्थात् अष्टमीको दिन वर्त बसेर गौरा पर्व मनाउने स्थल गौरा खला ९आँगन० मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको डेउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा डेउडा खेल खेल्ने चलन छ।

डेउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी डेउडा खेल्ने गरिन्छ। तर, कोरोना भाइरसको महामारीका कारण यसपटक सामूहिक रूपमा भने गौरा मनाउन रोक लगाइएको छ। आफ्नो संस्कृति जोगाउने उदेश्यले महिलाहरुले गौरा मनाएका छन्। कोरोना महाकारीकै कारण डडेल्धुरा सदरमुकाममा आयोजना हुने ‘राष्ट्रिय गौरा महोत्सव’ पनि आयोजना गरिएको छैन।

गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ। सुदूरपश्चिमको मौलिक सांस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गडवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने चलन छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।