Amargadhi Post

दोगडा केदारका जनप्रतिनिधिले घर भाडामै चुहाए र्याल, असुल उपर गर्न महालेखाको निर्देशन

अमरगढी रैबार सम्बाददाता
बैतडी भदौ,१७ गते । यहाँको दोगडाकेदार गाउँपालिकाका जनप्रतिनिधिहरुले घर भाडामै र्याल चुहाएका छन्। जनताको भोट पाएर निवार्चित भएका उनीहरुले जनताकै कर–पसिनामा रजाई गरेको भेटिएको हो। घरभाडा बापत ३ लाख ८४ हजार रुपैया बुझेका जनप्रतिनिधिहरुले अब भने त्यो रकम फिर्ता गर्नुपर्ने भएको छ।

आर्थिक बर्ष ०७५र७६ मा गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीलगायतका १५ जनाले घर भाडा बुझेको देखिएको छ। उपाध्यक्ष, वडाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्यलगायतका जनप्रतिनिधिहरुले बकाइदा कार्यपालिका बैठकबाट ऐन–नियम बिपरित घरभाडा लिने निर्णय गराएका थिए। महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धि ऐन ०७५ मा गाउँपालिका सदस्य र वडाध्यक्षलाई घरभाडा बापत सुबिधा दिने ब्यवस्था नभएकाले असुल उपर गराउन भनेको छ।

०७५ चैत १५ गते बसेको कार्यपालिका बैठकबाट उपाध्यक्षलाई बार्षिक ४८ हजार रुपैया दिने निर्णय गराइएको छ। महालेखाले भनेको छ, ‘२० हजारका दरले १५ जनाले आव ०७५र७६ मा ३ लाख ८४ हजार रुपैया घरधनीलाई भाडा भुक्तानी गरिएको भरपाई पेश गरि भुक्तानी दिएकाले असुल गर्नुपर्ने छ।’

उपाध्यक्ष पार्वती कार्की, वडा १ का वडाध्यक्ष ध्वजबहादुर महरा, २ का दलबहादुर महरा, ३ का चन्द्रदेब जोशी, ४ का प्रम सिंह, ५ का मानबहादुर भाट, ६ का लक्ष्मीदत्त जोशी, ७ का भरत सिंह र ८ का भक्तबहादुर बिष्टले घर भाडा लिएको देखिएको छ। यस्तै कार्यपालिका सदस्य उत्तर बिष्ट, जहरी लुहार, फोरराम टमटा, कलावती जोशी, गोमती लुहार र भागरथी ठगुन्नाले पनि घर भाडा लिइसकेको देखिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र धामीले मलेप डोर आएपछि घर भाडा बुझ्ने जनप्रतिनिधिलाई सम्पर्क गरी रकम असुल गर्न थालेको बताए। ‘सुबिधा लिएका मध्ये आधा जत्तिले फिर्ता गरिसके,’ उनले भने, ‘केहीले दिने भनिसके। हामी असुल उपर गछौं।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।