अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१७ गते । कोरोना संक्रमित बिरामीको उपचारका लागि २० बेडको आइसोलेसन कक्षसहितको अस्पताल निर्माण गर्न लागिएको छ । भागेश्वर गाउपालिका वडा नं ४ मा अस्पताल निर्माण कार्य सुरु भएको हो ।
उपभोक्ता समिति मार्फत करिब २० लाखको लगानीमा आइसोलेसन भवनको निर्माण कार्य शुरु गरिएको भागेश्वर गाउपालिका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले जानकारी दिए ।
अस्पताल निर्माणबाट कोरोना महामारीका कारण बेरोजगार भएका युवा तथा स्थानीयलाई रोजगारसमेत प्राप्त हुने भागेश्वर गाउपालिका वडा नं। ३ का अध्यक्ष राम बहादुर शाहीले बताए । डडेल्धुरामा पहिलो पटक आइसोलसन वार्डसहितको अस्पताल निर्माण हुन लागेको हो ।
हाल कोरोना संक्रमितहरु विद्यालय भवन तथा होम क्वारेन्टाइनमा बस्दै आएका छन । आइसोलेसन कक्षको निर्माणपछि संक्रमितको उपचारमा सहज हुने गाउपालिका अध्यक्ष कौशिला कुमारी भट्टले बताइन्।
