Amargadhi Post

पाटन नगरपालिका विरुद्ध १० वटै वडाका युवाहरु आन्दोलीत, पहिलो चरणमा मागे सूचना

अमरगढी रैबार सम्बाददाता
बैतडी,भदौ,२३ गते । बैतडीको पाटन नगरपालिकाका १० ओटै वडाका युवाहरुले नगरपालिकासंग विभिन्न सूचना माग्नु साथै सुझाव समेत पेश गरेको छ । नगरपालिकाका काम कारवाहीहरु सधैं विवाद र चर्चामा आएकाले यसका बिषयमा जानकारी माग गरिएको युवा खेमराज अवस्थीले बताए ।

नगरपालिकाले पहिला सन्तोषजनक काम नगरेको भन्दै केही कर्मचारीको करार रद्ध गरेको र फेरी तिनै कर्मचारीलाई नियुक्ति दिएकाले यो बिषयमा जानकारी माग गरिएको उनले बताए ।उनले, ‘स्पष्ट सुचना माग गरेका छौ कोरोनाका बिच संक्रमीतहरुको व्यवास्थापन गर्ने छोडेर ३५ लाखका गाडी खरिद गर्ने जस्ता निर्णय फिर्ता नलिए तालाबन्दी गरिन्छ नगरमा ।’

यस्तै कोरोना महामारीका बीच नगरपालिकाले ३५ लाखमा गाडी खरीद गर्ने निर्णय गरेकाले सो निर्णय फिर्ता लिन आग्रह गरिएको छ । यस्तै कोरोना महामारीको न्यूनीकरणका लागि परीक्षण दायरा बढाउन माग गरिएको छ भने भौतिक पूर्वाधारका कामहरु थाल्न समेत आग्रह गरिएको छ ।

नगरपालिकामा पेश गरेको निवेदनमा युवाहरुले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगारका कार्यक्रम ल्याएको भए कार्यान्वयन गर्न र नल्याएको भए कार्यक्रम ल्याउन आग्रह गरेका छन् । यस्तै चालु आर्थिक बर्षको नगरपालिकाको नीति कार्यक्रम र बजेटको प्रतिलिपि समेत माग गरिएको युवाहरुले बताएका छन् । आफुले राखेका माग पुरा नभएमा थप केही आन्दोलनका कार्यक्रमहरु सार्वजनीक गर्ने युवा दिपक ऐरले बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।