हरेन्द्र साउद
डडेल्धुरा,भदौ २३ गते । डडेल्धुराको भागेश्वर गाँउपालिका तर्फ जादै गरेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका वडा नं.४ ढिमला भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा कैलालीको कैलारी गाउपालिका २ का २० बर्षिय रञ्जित चौधरीको मृत्यु भएको हो ।
सोमबार साँझ उनी ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको र उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
बालुवा लिएर जादै गरेको अबस्थामा उक्त ट्याक्टरबाट एक्कासी चौधरी खसेको बताउदै आएका चालक बेलडाडी नगरपालिका ३ का श्यामलाल डगौरालाई प्रहरीले नियन्त्ररणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
