Amargadhi Post

कक्षा १२ को परीक्षास् विद्यार्थी खोज्दै परीक्षा बोर्ड

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,२८ गते । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो ।

कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।