Amargadhi Post

शान्ति सुरक्षा पहिलो दायित्व ः डिएसपी नेपाल

लक्ष्मी ऐर
डडेल्धुरा,भदौ २९ गते । डडेल्धुरा जिल्लामा सरुवा भएर आउनु भएका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले शान्ति सुरक्षाको मामिलामा कसैसंग सम्झौता गर्न नसकिने बताउनुभएको छ ।
पत्रकारहरु संगको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा आज प्रहरी नायब उपरिक्षक नेपालले शान्ति सुरक्षा पहिलो दायित्व रहेकोमा जोड दिनुभयो । प्रहरी नायब उपरिक्षक नेपाललाई जिल्लाका कृयाशिल संचारकर्मीहरुले जिल्लामा भईरहेका जुवातास,मदिरा बिक्री बितरण,चोरी तस्करी र झैझगडाका घटनाहरु दिनप्रति दिन बढीरहेको प्रति ध्यानाकर्षण गराएको छ । राजनैतिक दबाब र प्रभाबबाट मुक्त भएर शान्ति सुरक्षाको प्रत्याभुत गराउन सक्नुपर्ने भन्दै पत्रकारहरुले जिल्लामा भईरहेका गैरकानुनी कामहरुलाई नियन्त्ररण गर्नुपर्नेमा सुझाब दिएका छन ।
कतिपय घटनाहरूको सूचना प्रहरीले दिन आनाकानी गर्देआएको भन्दै सञ्चारमैत्री बन्न समेत जिल्ला प्रहरी कार्यालयलाई आग्रह  गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।