Amargadhi Post

नयाँ एक हजार ३५६ जना सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्यो

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज ६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४८ हजार ०६१ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।

हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार १७१ जना छन् ।

पछिल्लो चौबीस घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।