Amargadhi Post

पूर्वप्रधानमन्त्री भट्टराई माघ ७ गते टीकापुर आउँदै

अमरगढी रैबार सम्बाददाता
धनगढी,माघ,३ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई कैलालीको टीकापुर आउने भएका छन्।

जनता समाजवादी पार्टीले माघ ७ गते टीकापुुरमा आयोजना गर्न लागेको विरोध सभालाई सम्बोधन गर्न भट्राई आउन लागेका हुन्।

जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको विरोध र पुस २ गते टीकापुर घटना मुद्धामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।