Amargadhi Post

पत्रकार महासंघको चुनाव स् ३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,चैत्र,१८ गते। यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।

दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि विपुल पोख्रेल, गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा र रामप्रसाद दाहाल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् । महासचिवमा सुबोध गौतम बालकृष्ण, बस्नेत र रोशन पुरी प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।

खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव ९मधेस०मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६र६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७ र ७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ४ जना उम्मेदवार छन् ।

उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश ९एशोसिएट०मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य ९मधेसी०मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस(आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य ९एक महिला अनिवार्य०का लागि ६ जना, दुईजना दलित सदस्य ९एक महिला अनिवार्य०का लागि ९ जना, दुईजना मधेशी सदस्य ९एक महिला अनिवार्य०का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३र३ जनाले उम्मेदवारी दिएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।