अमरगढी रैबार सम्बाददाता
कैलाली,बैसाख,२६ गते । कोरोनाका बिरामीको उपचारको लागि निर्माधिन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माणको कार्य पूरा भएको हो।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीका अनुसार विद्युत, खानेपानी, शय्यालगायतको संरचना निर्माणको कार्य पूरा भएको हो।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो आइसोलेसन निर्माण कार्य थालिएको थियो।
तर अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको बताइएको छ।
एक्सन ओरियन्टेट कमिटीका संयोजक समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अक्सिजन र जनशक्ति व्यवस्थापनको कार्य जारी रहेकोले आइतबार सम्भव नभए, सोमबारदेखि नै सेवा सुरु गर्ने गरि तयारीमा लागेको जानकारी दिए।
ग्यासको व्यवस्थापन इनडोर सिस्टमबाट गरिरहेको बताउँदै गेटाको लागि ३ सय सिलिण्रको व्यवस्थापन भइरहेको बताउँदै मेयर वडले खाली सिलिण्डर नभएर केही समस्या भएको जनाए। खाली सिलिण्डर कसैसँग भए बुझाउन समेत अनुरोध गर्दै उनले महामारीपछि सिलिण्डर उपलब्ध गराउनेलाई उचित सम्मान गरिने समेत उल्लेख गरे।
त्यस्तै, सुरुवाती चरण अर्थात १४ दिनका लागि धनगढी र गोदावरी नगरपालिकाबाट जनशक्ति व्यवस्थापन भएको बताउँदै उनले अर्को चरणको लागि व्यवस्थापनमा जुटेको बताए। जिल्लाको अन्य स्थानीय तहबाट समेत २÷२ जनाको दरले जनशक्ति उपलब्ध गराइदिनको लागि अनुरोध गरेको मेयर वडले दिनेशखबरलाई बताए।
सुरुवाती अवस्थामा १ सय शय्याबाट आइसोलेसन सञ्चालन गरिने बताइएको छ। क्रमिक रुपमा ५ सयदेखि २ हजार शय्यासम्म विस्तार गरिने योजना रहेको बताइएको छ।
