लक्ष्मी ऐर
डडेल्धुरा,जेठ , २२ गते । जिल्ला सदरमुकाम संगैको अमरगढी नगरपालीका २ मा सोलार सिंचाई बाट तरकारी खेती गरिएको छ । सोलार लिफ्ट सिंचाई योजना बाट किसानलाई खेतीपातीका लागी निकै सहज भएको छ ।
अमरगढी नगरपालीका २ को सोल्परी, कुस्माली र मौरडा गाउँमा सोलार लिफ्ट सिंचाई योजना निर्माण गरिएका छन । गाउ तल बग्दे खोला बाट पानि लिफ्ट गरिए पछि करिव ८० बढी घरधुरीलाई सिंचाई गर्न सहज भएको हो ।
तिन वटै गाउमा सोलार लिफ्ट प्रबिधि बाट सिंचाई योजना निर्माण भएपछि करिव ४० हेक्टर जमिनमा सिंचाई गर्न सहज भएको छ । सोलार लिफ्ट प्रबिधि बाट गाउँमा बनाइएका पोखरीमा पानी जमा गरेर सिंचाई गर्न थालिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना डडेल्धुरा र अमरगढी नगरपालीकाको आर्थीक सहयोगमा करिव ५० लाख रुपैयाँको लागतमा तिन वटै गाउँमा तिन वटा सोलार लिफ्ट सिंचाई योजना निर्माण गरिएका हुन । सोलार लिफ्ट सिंचाई योजना निर्माण भए संगै गाउँमै सिंचाई गर्न सहज भएपछि खानेपानी बाट तरकारी खेती गर्दै आईरहेका किसानलाई तरकारी खेती गर्न सहज भएको स्थानियको भनाई छ ।
सोलार लिफ्ट सिंचाई नहुदा स्थानियले खानेपानी बाट खेतीपाती गर्दै आएका थिए । खानेपानी बाट सिंचाई गर्न सहज थिएन । सिंचाई योजना बाट गाउँमै पानी आए पछि सोल्परी, कुस्माली र मौरडा गाउका किसानहरु व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका छन् ।
