लक्ष्मी ऐर
डडेल्धुरा,असार,४ गते । केही दिन यता देखीको अबिरल वर्षाका कारण डडेल्धुराका अधिकास ग्रामिण सडक अवरुद्ध भएका छन् । निरन्तर रुपमा भईरहेको वर्षाका कारण अबरुद्ध सडकले स्थानीयहरुलाई हिडडुलमा सास्ती भईरहेको छ ।
निषेधाज्ञाका कारण यातायात संचालन नहुँदा यात्रुवहाक सवारी साधन संचालनमा नआएको भएपनि मालवहाक यातायातका सवारी साधनका साथै स्थानियहरुलाई आवतजावतमा निकै समस्या भईरहेको सेवाग्राहीको गुनासो छ ।
वर्षाका कारण जिल्लाका अधिकांस ग्रामिण सडक अवरुद्धका साथै हिलाम्मय हुँदा स्वास्थ्य उपचारका साथै अति आवश्यक कामका लागि जिल्ला सदरमुकाम आउँनेहरु समस्यामा परेका छन् । स्थानिय तहहरु मापदण्ड विपरित ग्रामिण सडक निर्माण गर्ने गरेका कारण पनि वर्षातका समयमा डडेल्धुराका अधिकांस सडक हिलाम्य र जोखिम पुर्ण रहेका छन ।
