Amargadhi Post

पहिरोले जयपृथ्बी राजमार्ग अबरुद्ध

अमरगढी रैबार सम्बाददाता
बझाङ,असार,५ गते । आईतबारदेखि लगातार परेको वर्षाका कारण जिललाको प्रमुख जयपृथ्बी राजमार्गमा पहिरो जाँदा अबरुद्ध बनेको छ । जयपृथ्बी राजमार्ग अन्र्तगत बैतडीको डोल्यामोडमा सडकमा पहिरो आए पछि जिल्लाको यातायात बिच्छेद भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जयपुथ्वीराजमार्ग अन्तरगत पर्ने बैतडीको ढोल्यामोड भन्ने ठाउँमा पहिरो गएकाले करिब २५ मिटर सडक ढाकेपछि तराईबाट पहाड तथा पहाडबाट तराई जान हिडेका सवारी साधन तथा यात्रुहरु बिहानदेखि नै बीच बाटोमै अलपत्र परेको बताउनुभयो ।
सडक सुचारु गर्नका लागी पहल भई रहेको भए पनि निरन्तर पानी परेका कारण पहिरो समेत बगी रहेकाले समस्या भएको बताईएको छ । ‘जति हटायो उति माथिबाट पहिरो खसेको खस्यै छ,’ जाममा फसेका जिप चालक कमल खड्काले भन्नुभयो, ‘पानी नरोकिएसम्म राजमार्ग खुल्न मुस्किल छ ।’ राजमार्गका दर्जनौं स्थानमा पहिरो झरेका कारण यात्रा जोखिमपूर्ण बनेको समेत उहाँले बताउनुभयो । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।