Amargadhi Post

पहिरोले ग्रामिण सडकहरु अबरुद्ध ,खाद्यन्न ढुवानीमा समस्या

लक्ष्मी ऐर
डडेल्धुरा,असार,७ गते । लगातारको वर्षाका कारण पहिरो जाँदा डडेल्धुराका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरूमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण भागेश्वर गाउँपालिका,नबदुर्गा गाँउपालिका,आलिताल गाँउपालिका,अजयमेरु गाँउपालिका र परशुराम नगरपालिकाका ग्रामीण सडकहरू अवरुद्ध भएको भागेश्वर गाउपालिकाका सुचना अधिकारी मातृका प्रशाद भटटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरुसँग जोडिएका सडकहरू पहिरो र हिलाम्मे छन् । ”
कच्ची सडकहरूमा वर्षात्को समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकहरूमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरूले बताएका छन् । वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जिप चालक सुरेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कच्ची सडक त्यसैमा लगातारको पानीले गर्दा समस्या भएको छ ।”
वर्षाले जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । यसका साथै बिरामी र आकस्मिक कामका लागि जानुपर्नेहरुलाई समेत कठिनाइ भएको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न छोड्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । भागेश्वर रुपाल जोड्ने सडक अवरुद्ध हुँदा बोकेरै खाद्यान्न ढुवानी गर्नु परेको स्थानीय धनीराम गिरीले बताउनुभयो ।
ग्रामीण सडकहरूमा गाडी नचल्दा कुनै नागरिक बिरामी भए पनि अस्पतालसम्म लैजानका लागि पक्की सडकसम्म पु¥याउनै मुस्किल हुने गरेको अजयमेरु गाउँपालिकाका स्थानीय राजनितिकर्मीे टेकराज पनेरुको भनाइ छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।