Amargadhi Post

दार्चुलामा यार्सागुम्बा संकलनको लागि संकलन अनुमति दोस्रो पटक खोलियो

दार्चुला, असार ७ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षको यार्सागुम्बा संकलनको लागि संकलन अनुमति दोस्रो पटक खुला गरेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाले एक सूचना जारी गदैँ असार २५ गतेसम्म यो वर्षको यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला गरेको हो ।

गत जेठ ३० गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले यार्सागुम्बा संकलन अनुमति पत्र वितरण कार्यलाई खुकुलो बनाउन अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई अनुरोध गरेको थियो ।

गत जेठ दोस्रो सातादेखि सुरु हुने यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला गर्ने गरेको भएपनि हिमाली क्षेत्रहरुमा कोरोना संक्रमण फैलिने देखिएपछि बन्द गरेको यार्सागुम्बा संकलनको लागि संकलन अनुमति पुन खुला गरेको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।